• बैशाख २७ २०८३, आईतवार

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

चैत्र ७ २०७९, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक पार्टी कार्यालयमा मंगलबार दिउँसो १२ः३० बजे बस्ने भएको हो ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको जसपाले जनाएको छ ।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ ।

जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार तयारीका लागि बैठक बोलाएको हो ।