• बैशाख २७ २०८३, आईतवार

कांग्रेस सभापति देउवाले महान्त्री गगन थापालाई गठबन्धन विरोधी भन्दै किन हप्काए ?

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘गठबन्धन विरोधी’ भन्दै हप्काएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापालाई देउवाले बोल्न नदिएको बैठकमा सहभागी एक नेताले बताए । गठबन्धन विरोधी दुबै महामन्त्री बोल्न पर्दैन भन्दै उनले बैठकमा कुरा राख्न नदिएको ति नेताले भने । थापाले सभापति देउवासँग बोल्नका लागि अनुमति मागे पनि गठबन्धन विरोधी भन्दै बोल्न दिएनन् ।

चुनावअघि थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । सोही विषयलाई लिएर देउवा अझै दुई महामन्त्रीसँग रिसाइरहेका छन् । एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वयले नै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।