• जेष्ठ ९ २०८३, शनिबार

सरकारले सांसद चन्द्र भण्डारीको उपचारमा खर्च गर्‍यो ५५ लाख

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । ग्यास सिलिण्डर लिक भई आगलागीमा परेर घाइते भएका भण्डारीको उपचारका लागि सरकारले सो खर्च व्यहोरेको हो ।

अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।