• बैशाख २७ २०८३, आईतवार

तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको थियो ।

आगामी वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो । सोही दिन चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ ।