• बैशाख २७ २०८३, आईतवार

प्रचण्डलाई एमालेको प्रश्न- सहयात्री दललाई घोक्य्राएर निकाल्ने कस्तो राष्ट्रिय सहमति हो ?

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री दललाई घोक्य्राएर निकालेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बोल्दै पौडेलले उक्त प्रश्न गरेका हुन्।

‘जहाँसम्म उहाँले राष्ट्रिय सहमतिको कुरा उठाइरहनुभएको छ, मलाई के लाग्छ भने राष्ट्रय सहमति भनेको आरोण्य रोदनको विषय हैन। राष्ट्रिय सहमतिमा मुलुकलाई लानु छ भने देशका साझा चुनौतीहरुको समाना गर्न सिङ्गो राष्ट्र एकताबद्ध हुन जरुरी छ र सहमति उन्मुख सहमति गर्नु पर्छ,’ पौडेलले भने, ‘सहयात्राको विरोध गर्ने सहयात्रीलाई घोक्य्राएर निकाल्ने अनि सहमतिको कुरा गर्ने? यो कुनै मेल खाने विषय हैन। यो कस्तो राष्ट्रिय सहमति हो।’