• बैशाख २७ २०८३, आईतवार

पूर्वउपराष्ट्रपति पुनको गरियो बिदाई

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । आज सोमबार राष्ट्रपति कार्यालय शितल निवासबाट नयाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई स्वागत गरैसंगै पूर्वउपराष्ट्रपति नन्दबहादु पुनलाई बिदाई गरिएको छ ।

आज बिहान शितल निवासमा एक समारोहकाबीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री पुष्प कमल दाहालले काठको आँखी झ्याल दिएर बिदाई गरेका छन् ।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखी झ्याल नै दिएर बिदाई गरिएको थियो ।