• बैशाख २७ २०८३, आईतवार

किसानको आवाज बोल्दै संसदमा प्रेम सुवालको प्रश्न यो ‘संसद हो कि क्लब’ ?

चैत्र ५ २०७९, आईतवार

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकलाई ‘संसद हो कि क्लब’ भनी प्रश्न गरेका छन् ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

किसानले मल पाइराखेका छैनन्’ सांसद सुवालले सभामुखलाई भने, ‘बोलिरहँदा सभामुखले क्रस गर्न पाइँदैन । यो के हो यो ? संसद हो कि क्लब हो । क्लब भए क्लबको सामान ल्याउनुपर्‍यो, गित गाउनुपर्‍यो, नाच्ने गाउने आउनुपर्‍यो । होइन भने संसदको नियम पालना हुनुपर्‍यो ।’