काठमाडौं । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल (प्रचण्ड)लाई गत पुसमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्दै आएको नेपाली कांग्रेस प्रतिनिधि सभाको बैठकमा अबदेखि सत्तापक्षको बेञ्जमा बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रकाशशरण महले बैठकले सरकारमा समावेश हुने निर्णय समेत गरेको जानकारी दिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा समेत सहभागी हुने भएपछि संसद्मा अब पार्टी सत्तापक्षको बेञ्चमा बस्ने प्रवक्ता महतको भनाइ छ।