• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

चैत्र ५ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।

कांग्रेसले विश्वासको मत दिनेसँगै सरकारमा सहभागी हुने निर्णय समेत गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएको निर्णय अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक समेत बस्दै छ । संसदीय दलको बैठक अहिले १२ बजे संघीय संसद् भवनमा नै बस्न लागेको छ ।