काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक जारी रहेको छ।
पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक चल्दै गरेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा ढकालको भनाइ छ ।
रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ ।