• बैशाख २७ २०८३, आईतवार

काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

चैत्र ५ २०७९, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आइतबार बिहान साढे १० बजे बस्ने छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने बताइएको छ । आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।