• बैशाख २७ २०८३, आईतवार

कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के छन् एजेण्डा ?

चैत्र ४ २०७९, शनिबार

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सदनमा लिने विश्वासको मतबारे छलफल हुनेछ। प्रचण्डले विश्वासको मत लिएसँगै सरकार विस्तार गर्ने तयारी छ।