काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले महानगरपालिका वडा नम्बर २८ मा कार्यरत सबइन्जिनियर प्रविन बिकलाई पक्राउ गरेको छ ।
बिकले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घूस माग गरेको सूचना उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सेवाग्राहीबाट रु १५ हजार घूस लिइसकेको अवस्थामा उक्त रकमसहित महानगरपालिका वडा नम्बर १४ को कार्यालयबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।