• बैशाख २७ २०८३, आईतवार

नेपाली क्रिकेट टोलीलाई ओलीले दिए जितको शुभकामना

चैत्र २ २०७९, बिहीबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिएका छन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर मार्फत यस्तो शुभकामना दिएका हुन् ।

उनले उच्च आत्म बलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।