• बैशाख २७ २०८३, आईतवार

मन्त्री र उच्च तहका कर्मचारीले अतिआवश्यक बाहेक विदेश भ्रमण नगर्ने

चैत्र १ २०७९, बुधबार

काठमाडौं । मन्त्रिपरिषद बैठकले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।