• जेष्ठ ९ २०८३, शनिबार

जीप र मोटरसाइकल ठोक्किँदा छ जना घाइते

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं। डोटीमा जीप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १२५९ नम्बरको जीप र सुदूरपश्चिम प्रदेश ०१-१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, त्यही वडाकी ६५ वर्षीया धौलीदेवि विष्ट, २४ वर्षीया दुर्गादेवि विष्ट, उनको एक वर्षीय छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिए।

यसैगरी दिपायल सिलगढी नगरपालिका–६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ वीपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् । घाइतेमध्ये २४ वर्षीया दुर्गादेवि विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्यको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।