.डोटी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोकीदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढी आउँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि आज बिहान एक आपसमा ठोकीदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईते हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौली देबी विष्ट, २४ वर्षीया दुर्गादेबी विष्ट उहाँको एक वर्षको छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
यसैगरी दिपायल सिलगढी नगरपलिका–६ का मोटरसाईकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् । घाइतेहरुमा २४ वर्षीया दुर्गादेवी विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।