• जेष्ठ ९ २०८३, शनिबार

इंग्ल्याण्डको केटा बनेर अनलाइनबाट १५ लाख ठग्ने ललितपुरकी अञ्जली पक्राउ

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन् ।

उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंग्ल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन देखाएर ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

बिसुंखेले पीडितलाई ह्वाट्स एप च्याटबाट तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरु ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ ।

उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले बताए ।