• बैशाख २७ २०८३, आईतवार

निवर्तमान राष्ट्रपति भण्डारीको दुई कार्यकाल, यि विषयले उनी बनिन् विवादित

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । २०७२ कात्तिकमा दोस्रो राष्ट्रपतिको रुपमा शीतल निवास प्रवेश गरेकी विद्यादेवी भण्डारी दुई कार्यकाल पूरा गरी सोमबार बाहिरिएकी छिन् । उनलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिस्थापन गरेका हुन्।

उनी राष्ट्रपतिको रुपमा शितल निवासमा रहदाँ विभिन्न विषयले विवादमा तानिरहिन्।

सेनाका जवानको हातमा भण्डारी परिवारको जुत्ता
२०७३ कात्तिक ६ मा राष्ट्रपति भण्डारी धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिर पुग्दा उनको परिवारको सदस्यहरुको जुत्ता नेपाली सेनाको जवानले हातमा लिएको फोटो सार्वजनिक भयो । उनको साथमा छोरीहरू उषाकिरण र निशाकुसुम पनि गएका थिए।

प्रधानन्यायाधीशलाई घुँडा टेकाएर टीका
२०७५ कात्तिक २ गते दशैंको टीकाको दिन टीका ग्रहणका लागि राष्ट्रपति कार्यालयमा पुग्दा उनले पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई घुँडा टेक्न लगाएर टीका लगाएको फोटो सार्वजनिक हुदाँ उनको चौतर्फि आलोचना भयो ।

पदमुक्त प्रधानन्यायाधीशसँग शपथ
प्रधानन्यायधीशबाट बर्खास्तमा परेका विवादित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग राष्ट्रपतिले लिएको शपथ विवादमा परेको थियो। २०७४ फागुन २९ मा राष्ट्रपतिमा निर्वाचित भण्डारीले ३० फागुनमा पराजुलीसँग शपथ लिएकी थिइन्।

अध्यादेशमा तजबिजी अधिकार प्रयोग हुदाँ भण्डारी पटक-पटक विवादमा तानिइन्

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा अर्को झमेला खेप्नुपर्यो

प्रधानमन्त्री ओलीको रक्षाका लागि समावेदन अस्वीकार
२०७७ पुस १ गते तत्कालीन सत्तारुढ दल नेकपाका सांसदहरू भीम रावल र पम्फा भुसालसहित ८३ जनाको हस्ताक्षर बोकेर प्रतिनिधि सभाको अधिवेशनका लागि समावेदन दिन शीतल निवास पुगे। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेकपाका ८३ सांसदहरूको हस्ताक्षरसहित दिउँसो १२:४८ बजे आवेदन दिई दर्ताको माग गर्दा ६ घण्टा कुराइयो।

प्रतिनिधि सभा विघटन- २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइन् ।
प्रतिनिधि सभा विघटन- २०७८ जेठ ८ पुन सदर

हेलिकोप्टर खरिद, गाडी खरिद, राष्ट्रपति कार्यालयमा फेरिएको गलैँचा, राष्ट्रपतिलाई मुद्दा चलाउन नमिल्ने कानुन निर्माण जस्ता विषयले पनि उनलाई विवादमा तान्यो ।