• बैशाख २७ २०८३, आईतवार

बालेनले एकाएक किन गरे जनस्वास्थ्य सल्लाहकार लिएर लण्डन जाने निर्णय ?

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भोलि लन्डन जाने भएका छन् ।

लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेनसहित चार सदस्यीय टोली लन्डन प्रस्थान हुन लागेको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

उनका अनुसार टोलीमा वडा २४ का वडाध्यक्ष विनोद भण्डारी, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल र उनी स्वयम् छन् ।

उनीहरू फागुन ३० देखि चैत ३ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन जान लागेका हुन् । बालेनको अनुपस्थितिमा काठमाडौं महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिइएको छ ।