• जेष्ठ ९ २०८३, शनिबार

आजको मौसम : मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौँ । देशको पहाडी भू-भागका केही स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

मङ्गलवार पनि देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।