• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय जागरण अभियानद्वारा निर्वाचन आयोगको निर्णयको स्वागत, ‘कोशी’ नामाकरणको विरोध

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौं । नेपाल राष्ट्रिय जागरण अभियानको शुक्रबार बसेको सचिवालय बैठकले हालै १ नम्बर प्रदेश सभाले गरेको ‘कोशी’ नामकारणको विरोध गर्ने निर्णय गरेको छ ।

‘कोशी’ नामकारणले द्वन्दको बिजारोनपण गरेको हुँदा सो नाम खारेज गरि पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गरिएको छ । साथै सो अभियानले निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक जातीय समुदाय र फरक लिंगको हुनुपर्ने भनि गरिएको निर्णयलाई स्वागत गरेको छ ।

त्यसैगरि बैठकले माओवादी नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि लगाइएको जनयुद्धकालिन मुद्धाले दिर्घकालिन शान्ति प्रकृयालाई असर पुर्याउन सक्ने भएको हुँदा यथाशिघ्र शान्ति प्रकृयालाई टुङ्गो लगाउनु पर्ने निस्कर्ष निकालेको छ ।

अभियानका केन्द्रिय अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा बसेको बैठकमा अभियानका सल्लाकार डा.केशवमान शाक्यको पनि उपस्थिति रहेको थियो । जनता समाजवादी पार्टीका पूर्वउपाध्यक्ष युवराज कार्कीले जसपा परित्याग गरि हालै नेपाल राष्ट्रिय जागरण अभियान नामक राजनैतिक गठन गरेका हुन् ।