• बैशाख २७ २०८३, आईतवार

स्ववियु निर्वाचन : उम्मेदवारमाथि दाबी विरोध गरिँदै

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गरिँदै छ । आज (आइतबार) उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका रहेको छ ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेखि अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी विरोध गरी सक्नुपर्नेछ ।

शनिबार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ । दाबी विरोधपछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

स्ववियु निर्वाचन आसन्न चैत ५ मा हुँदैछ ।