• जेष्ठ ९ २०८३, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त,आजै शीतल निवास छाड्ने

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौँ । राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबारबाट सकिँदै छ ।

०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रुपमा निर्वाचित भण्डारी २०७४ साल फागुन २९ गते पुनः राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि कार्यभार सम्हालेकी उनको दोस्रो कार्यकाल आज सकिने भएको हो ।

गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेमवाङ्लाई भारी मतान्तरले पराजीत गर्दै विजयी भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन् । सचिवालयका अनुसार उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन् ।