• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपति पदमा ममता झाले उम्मेदवारी दर्ता गर्दै

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौँ। जनमत पार्टीकी नेतृ ममता झा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी गर्न बानेश्वर पुगेकी हुन् ।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको पार्टी अध्यक्ष सीके राउतले जानकारी दिएका थिए ।