• बैशाख २७ २०८३, आईतवार

आजै देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता गरिदैँ

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ  ।

उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको थियो । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले शनिबार बिहान ११ देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय छुट्याएको छ ।

उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ ।