• बैशाख २७ २०८३, आईतवार

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

फाल्गुन २७ २०७९, शनिबार

काठमाण्डौँ। नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

आज शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीलेबताएका हुन्।

बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री समेत हुन् । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, मेयररउपमेयरमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए । उनले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको बताए।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ।