• बैशाख २७ २०८३, आईतवार

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकाङ्क्षी छन् ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । बिहान साढे ८ बजेका लागि बोलाइएको छ।