काठमाडौं । नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ । उपराष्ट्रपतिमा नेकपा (एमाले)ले उम्मेदवारी नदिने भएसँगै आउँदो चैत ५ गते हुन लागेको उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
८ दलीय गठबन्धनले जनता समाजवादी पार्टीका नेतालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उपराष्ट्रपतिमा एमालेले आफ्नो दाबी नगर्ने भएको छ । सो विषयमा जसपा र एमालेका नेताहरुबीच अनौपचारिक छलफल भएको स्रोतले बतायो ।