• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिए लगतै मतगणना सुरु गरिएको छ । आजै ४ बजे मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको हो ।

मतगणनाका लागि आयोगले राष्ट्रपतिको उमेदवारका प्रतिनिधिहरुसँग छलफल गरेर ४ बजेबाटा मतगणना गर्ने सहमति भएको छ । मतपेटिका खोल्दा पत्रकारहरूको उपस्थिति पनि रहनेगरी सहमति गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन र प्रदेश सभाका सदस्यहरु सहभागी थिए । संघीय संसद र प्रदेश सभाको मतभार अलग–अलग हुने भएकाले मतगणना पनि अलग–अलग नै हुने आयोगले जनाएको छ ।

मतगणना आजै सकिने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ ।