काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्धपीडितले दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना कम बन्दै गएको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट आजका लागि पेसी तोकिएको भए पनि श्रेष्ठको इजलासमा दिउँसो ३ बजेसम्म सुनुवाइ भएको छैन ।
न्यायाधीश श्रेष्ठकै नेतृत्वमा अनिलकुमार सिन्हासँग अर्को संयुक्त इजलासमा गठन भएको छ। श्रेष्ठ र सिन्हाले अहिले उक्त इजलासमा सुनुवाइ गरिरहेका छन् । प्रचण्डविरुद्धको रिट चौथो नम्बरमा भएकाले पालो आउने सम्भावना न्यून छ । प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।