• बैशाख २७ २०८३, आईतवार

रविको पार्टीले पनि राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

बिहीबार विहान बसेको सो पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

रास्वपाका एक सांसदले भने, ‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गर्यौं । अब मत हाल्न जाँदैछौं ।’ रास्वपाका १९ जना सांसद छन् ।