• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपतिका उम्मेदवार पौडेलले खसाए मत

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले मतदान गरेका हुन् । त्यसअघि उनले मतदाताहरुसँग भेटवार्ताका साथै भलाकुसारी गरेका थिए ।

यस्तै अर्का उम्मेदवार सुवास नेम्वाङले पनि मतदान गरिसकेका छन् ।

राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो भने ३ बजे मतदान सकिएसँगै मतगणना सुरु गरेर आजै मतपरिणाम घोषणा हुनेछ ।