• जेष्ठ ९ २०८३, शनिबार

दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान संयोजक पक्राउ

फाल्गुन २४ २०७९, बुधबार

काठमाडौं । झापाका व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो अभियानका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् ।

थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले बताए ।

दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन् । उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए ।