रौतहट । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । हिजो (मंगलबार) साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो ।
छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु हो ।
राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ ।
आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार गरी २ लाख भन्दा बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।