काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा उक्त बैठक बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाले जनाएको छ ।
निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवास नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ ।