काठमाडौं । माओवादी घटक नेताहरूले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने माग राखेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटक नेताहरूले उक्त माग राखेका हुन् ।
बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।
शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको उनीहरुले बताएका हुन् ।
हेर्नुहोस् विज्ञप्ति :
