• बैशाख २८ २०८३, सोमबार

मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न लागेको ओलीको आरोपको सरकारले गर्यो खण्डन

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा सरकारले भारतको प्रस्तावमा चीनलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने एमाले अध्यक्ष केपी ओलीको भनाईप्रति सरकारले आपत्ति जनाएको छ ।

सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूणर्तः भ्रमपूणर् रहेको बताउँदै नेपाल सरकारले यससम्बन्धी कुनै निणर्य नगरेको स्पष्ट गर्न पारेकी हुन् ।

यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो गाउँपालिकामा नेकपा एमालेकै नेतृत्व रहेको छ । एमालेका रिङजीन नामगेल गुरुङ सो गाउँपालिकाका अध्यक्ष रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’