काठमाडौं । आज बिहानै काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्प गएको छ ।
बिहान ८ बजेर ३५ मिनेटमा काभ्रे केन्द्रविन्दु भइ ४.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।
यस्तै, आज बिहान ८ बजेर ३५ मिनेटमा अछामलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको छ ।