• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्र र कांग्रेसको बैठक बस्दै, एजेण्डा- विश्वासको मत

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिनुअघि सुदूरपश्चिममा माओवादी केन्द्र र कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् ।

अहिले केहीबरेमा संसदीय दलको कार्यालयमा कांग्रेसको बैठक बस्ने जनाइएको छ । यस्तै माओवादी केन्द्रले पनि ११ बजे दलको कार्यालयमा बैठक बोलाएको छ ।

हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । त्यसमा ठोस कुनै निर्णय भएको थिएन ।

आज विश्वासको मत दिने या नदिने भन्ने बिषयमा निर्णय हुने माओवादी केन्द्रको स्रोतको दाबी छ । कांग्रेसले पनि पछिल्लो अवस्थाबारे सांसदहरूलाई जानकारी दिन र विश्वासको मत पाउने आधार तयार गर्न दलको बैठक बोलाएको जनाएको छ ।