• जेष्ठ ९ २०८३, शनिबार

माधव नेपालको भाईको रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर निधन

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उपाध्यायको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा निधन भएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिए । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुन्।