काठमाडौं । दूधको मूल्य बृद्धि भएको छ । हिजो (शुक्रबार) मूल्य बृद्धि भएको हो ।
कृषि मन्त्रायको प्रस्तावमा हिजो मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकबाट दूधको मूल्य बढाउने निर्णय गरिएको हो । उक्त निर्णय अनुसार प्रतिलिटर ९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
जसअनुसार दूधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दूग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समयदेखि दूधको मूल्य बढाउनुपर्ने सरकारसँग माग गर्दै आएका थिए ।