• जेष्ठ ९ २०८३, शनिबार

स्कुल बसको ठक्करबाट बृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा, आफन्तद्वारा सडक अवरुद्ध

फाल्गुन २० २०७९, शनिबार

कैलाली । स्कुल बसको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ को खैरानामा उक्त बसले ठक्कर दिँदा ६५ वर्षीय बृद्धको मृत्यु भएको हो ।

माउन्ट साइपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।