• जेष्ठ ९ २०८३, शनिबार

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९० पैसा र बिक्री दर १५७ रुपैयाँ ६२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।