• जेष्ठ ९ २०८३, शनिबार

चट्याङ लागेर एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते, उपचार हुँदै

फाल्गुन १९ २०७९, शुक्रबार

भोजपुर । जिल्लाको षडानन्द नगरपालिका १२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटार संखुवसभामा उपचारको क्रममा मृत्यु भएकोहो ।

चट्याङ लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।