• बैशाख २८ २०८३, सोमबार

भातृ संगठनको निर्वाचनमा माउ पार्टीकै केन्द्रीय नेता संयोजक

फाल्गुन १९ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत सामाजवादी)ले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियु निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा (एकीकृत समाजवादी) घनश्याम भुसालको संयोजकत्वमा निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।

त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।