• बैशाख २८ २०८३, सोमबार

स्ववियु निर्वाचन प्रक्रिया शुरू, विद्यार्थी संगठन दर्ता आज

फाल्गुन १९ २०७९, शुक्रबार

काठमाडौं । स्ववियु निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरूले आज (शुक्रबार) संगठन दर्ता गर्ने समय दिइएको छ ।

यसका लागि आज बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने त्रिविले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ ।

स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ ।