भैरहवा । संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरी कर्मचारी कारबाही कारबाहीमा परेका छन् । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारबाहीमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २९ जना गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।
भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी वरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारबाही गरिएको हो ।क