• जेष्ठ ९ २०८३, शनिबार

छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रधानाध्यापक पक्राउ

फाल्गुन १६ २०७९, मंगलवार

काठमाडौं । ओखलढुंगाको मुलुङ गाउँपालिका–२ धुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमला छन् । मुलुङ–२ धुस्के घर भएका धमलाले दुईजना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।

प्रधानाध्यापक धमलाविरुद्ध बालयौन दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको ओखलढुंगाका डिएसपी दिपक केसीले बताए । प्रअ धमलाले दुर्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका छन् ।