काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ ।
सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले दिएको पुनरावेदन निवेदन माथि सुनुवाइ भएको हो । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएपछि थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए ।
सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए । न्याधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि अब आजै आदेश आउने छ ।